नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

Communist Party of Nepal (Unified Marxist-Leninist)

पाँच वर्ष : एमालेले गर्छ !

14 विषय68 मुख्य बुँदा76 पृष्ठ

सारांश

"सुशासन, विकास, समृद्धि र समानता" को नाराका साथ प्रस्तुत यो घोषणापत्रले राष्ट्रियता र सुदृढ लोकतन्त्र, उच्च आर्थिक वृद्धिदर, वैज्ञानिक भूमि व्यवस्थापन, आधुनिक कृषि, भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा र स्वास्थ्य, औद्योगीकरण, पर्यटन विकास, वातावरण संरक्षण, सामाजिक न्याय र सन्तुलित परराष्ट्र नीतिलाई प्रमुख प्राथमिकतामा राखेको छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु यसको केन्द्रमा छ।

With the slogan "Good Governance, Development, Prosperity, and Equality," this 76-page manifesto prioritizes strong nationalism and robust democracy, high economic growth, scientific land management, modern agriculture, physical infrastructure, quality education and health, industrialization, tourism development, environmental conservation, social justice, and balanced foreign policy. Fulfilling the national aspiration of "Prosperous Nepal, Happy Nepali" is at its core.

मुख्य नीति तथा प्रतिबद्धताहरू

सुशासन र लोकतन्त्र

Good Governance & Democracy · 5 बुँदा

  • बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्रका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव र समानताको माध्यमबाट राष्ट्रिय एकतालाई सुदृढ र मजबुत बनाउने

    Strengthen national unity through harmony and equality for strong nationalism and robust democracy

  • संविधानले परिकल्पना गरेअनुसार प्रदेशलाई विकास निर्माणको सहजकर्ता र स्थानीय तहलाई सेवा प्रवाहको केन्द्र बनाउने

    Make provinces facilitators of development and local levels centers of service delivery as envisioned by the constitution

  • सार्वजनिक कार्यालयबाट सम्मानजनक व्यवहार र निष्पक्ष सेवा शीघ्र उपलब्ध गराउने — सरकारको प्रभावकारिता वृद्धि गर्ने

    Ensure respectful behavior and prompt impartial service from public offices — increase government effectiveness

  • भ्रष्टाचारप्रति निर्मम, कठोर र शून्य सहनशीलताको नीति अपनाउने — अनुगमन, अनुसन्धान र छानबिन कार्यलाई शक्त बनाउने

    Adopt zero-tolerance policy against corruption — strengthen monitoring, investigation and scrutiny mechanisms

  • शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरी द्वन्द्वपीडितलाई क्षतिपूर्ति, पुनर्स्थापना र परिपूरण गर्ने

    Complete remaining peace process and transitional justice work — compensate and rehabilitate conflict victims

आर्थिक विकास र समृद्धि

Economic Development & Prosperity · 5 बुँदा

  • प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै दुई अङ्कमा पुर्‍याउने

    Achieve 7% growth initially, scaling to double-digit economic growth rate within 5 years

  • हालको करिब रु. ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र रु. १०० खर्ब पुर्‍याउने

    Double GDP from current ~Rs. 48 kharba to Rs. 100 kharba within 5 years

  • औद्योगीकरणको जग बलियो बनाउन सबै प्रयासहरू एकीकृत गरी अनुकूल औद्योगिक वातावरण निर्माण गर्ने

    Strengthen industrialization foundation by creating favorable industrial environment with unified efforts

  • नेपालका सबै परिवारलाई सहकारीमा आबद्ध हुन प्रोत्साहन गर्ने — सहकारी संस्थाहरूको क्षमता विकासमा राज्यले सहयोग गर्ने

    Encourage all Nepali families to join cooperatives — state support for cooperative capacity development

  • श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला, सामाजिक सुरक्षा एवम् असल औद्योगिक श्रम सम्बन्ध — श्रमिकहरूको न्यूनतम ज्याला मासिक रु २५ हजार पुर्‍याउने

    Dignified labor, fair wages, social security and good industrial relations — minimum wage Rs 25,000/month

कृषि, भूमि व्यवस्थापन र सिँचाइ

Agriculture, Land Management & Irrigation · 5 बुँदा

  • भूमिको प्रकृति, स्वरूप र संभावनाका आधारमा भूमिको उपयोग गर्ने — कृषि भूमिको खण्डीकरण र अतिक्रमण रोक्ने

    Use land based on its nature and potential — prevent fragmentation and encroachment of agricultural land

  • कृषिलाई नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने — खाद्य तथा पोषण सुरक्षित गरी भोकमरीमुक्त देश बनाउने

    Develop agriculture as backbone of Nepali economy — ensure food and nutrition security for a hunger-free nation

  • कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणको अभियान देशव्यापीरूपमा सञ्चालन गर्ने

    Launch nationwide campaign for agricultural modernization, commercialization and mechanization

  • सबै कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने — ताल, पोखरी र भूमिगत पानीको प्रयोग तथा नयाँ सिँचाइ प्रणाली विस्तार

    Provide irrigation to all arable land — utilize ponds, groundwater and expand new irrigation systems

  • प्राकृतिक स्रोत, साधन, पुँजी, जनशक्ति र प्रविधिको पूर्ण परिचालन गरी कुल गार्हस्थ उत्पादन बढाउने राष्ट्रिय अभियान सञ्चालन

    Launch national campaign to increase GDP by fully mobilizing natural resources, capital, manpower and technology

पूर्वाधार विकास र ऊर्जा

Infrastructure Development & Energy · 5 बुँदा

  • निर्माणाधीन राष्ट्रिय राजमार्ग, रणनीतिक महत्वका सबै राजमार्ग र आर्थिक समृद्धिको केन्द्र जोड्ने सडकको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने

    Complete all national highways, strategic roads and economic corridors within 5 years

  • पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गर्ने — काठमाडौँ मेट्रो रेल निर्माण प्रक्रिया सुरु गर्ने

    Complete East-West electric railway construction and start Kathmandu Metro Rail project

  • सर्वसाधारणले व्यहोर्नसक्ने मूल्यमा विद्युतको प्रतिव्यक्ति उपभोग वृद्धि गर्ने — आगामी पाँच वर्षमा विद्युत उत्पादन क्षमता करिब १५ हजार मेगावाट पुर्‍याउने

    Increase per capita electricity consumption at affordable prices — reach ~15,000 MW generation capacity in 5 years

  • सबै निर्माणाधीन खानेपानी आयोजनाहरू आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने — सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क

    Complete all ongoing drinking water projects within 5 years — free 10,000 liters/month per family

  • देशका विभिन्न स्थानमा निर्माण सुरु गरिएका २७ नयाँ सहर एवं १८ स्मार्ट सिटीहरूको विकास तथा २५ प्रमुख सहरहरूको आधुनिक सहरी पूर्वाधार सम्पन्न गर्ने

    Develop 27 new cities, 18 smart cities, and complete modern urban infrastructure in 25 major cities

गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार

Quality Education & Educational Infrastructure · 5 बुँदा

  • सम्पूर्ण बालबालिकालाई शिक्षाको अवसर सुनिश्चित गर्ने — प्रारम्भिक बालविकास कार्यक्रमदेखि माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गर्ने

    Ensure education for all children — free and compulsory education from early childhood to secondary level

  • जीवनोपयोगी नमूना शिक्षा र त्यसका लागि नमूना पाठ्यक्रमको निर्माण गर्ने — प्राथमिक शिक्षालाई सिर्जनात्मक प्रतिभा र उत्सुकता विकसित गर्ने ढाँचामा रूपान्तरण

    Create model life-skills curriculum — transform primary education to develop creative talent and curiosity

  • आगामी पाँच वर्षभित्र विद्यालयमा पर्याप्त कक्षा कोठा, सुविधायुक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला सबै व्यवस्थित गर्ने

    Equip all schools with adequate classrooms, science labs, libraries and IT labs within 5 years

  • माध्यमिक शिक्षालाई उत्पादनसँग जोड्दै जीवनोपयोगी तुल्याउन प्रत्येक पालिकामा प्राविधिक धाराका माध्यमिक विद्यालय स्थापना र सञ्चालन गर्ने

    Link secondary education to production — establish technical-stream secondary schools in every municipality

  • शिक्षाको गुणस्तर सुधार गर्ने — अध्ययन अध्यापनको ढाँचा परिवर्तन गरी विद्यार्थीहरू गहिरोसँग अध्ययनमा केन्द्रित हुने व्यवस्था गर्ने

    Improve education quality — reform teaching methods to ensure students focus on deep learning

निरोगी नेपाल: स्वास्थ्य सेवा

Healthy Nepal: Healthcare Services · 5 बुँदा

  • "निरोगी नेपाल" नेकपा (एमाले) को मुख्य स्वास्थ्य नीति — निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरी स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने

    "Healthy Nepal" as core health policy — adopt both preventive and curative approaches for accessible quality healthcare

  • आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गरिसक्ने — स्वास्थ्य बिमाले समेट्ने सबै उपचार स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध हुने

    Achieve universal health insurance coverage within 5 years — all insured treatments available at local health centers

  • जिल्ला अस्पताललाई २५ देखि ५० शैय्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शैय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शैय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने

    Upgrade district hospitals to 25-50 beds, zonal hospitals to 200-bed general hospitals, central hospitals to 500-bed specialist hospitals

  • काठमाडौँ उपत्यकामा ३०० शैय्या र सातै प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने

    Complete 300-bed infectious disease hospital in Kathmandu Valley and 50-bed in all 7 provinces

  • ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने — कडा, असाध्य रोगहरूको उपचार निःशुल्क

    Free screening and medicine for hypertension/diabetes for 60+ citizens — free treatment for serious/incurable diseases

सूचना प्रविधि र प्रेस स्वतन्त्रता

Information Technology & Press Freedom · 5 बुँदा

  • सार्वजनिक सेवामा सूचना प्रविधिको प्रयोग बढाउने — डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जनसहित कार्यान्वयन गर्ने

    Increase IT use in public services — implement revised Digital Nepal Framework

  • सबै स्थानीय तहका केन्द्र र तराई-मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुर्‍याउने

    Provide broadband internet to all local level centers and ward centers within 2 years

  • सञ्चार जगतलाई गरिमामय बनाउने — सञ्चारकर्मीहरूको हक हितको संरक्षण गर्ने र सम्मानजनक जीवनयापनका लागि सुविधा उपलब्ध गराउने

    Dignify the media world — protect journalists' rights and provide facilities for dignified livelihood

  • मिडियामा प्रत्यक्ष वा परोक्षरूपमा हुने विदेशी लगानी निषेध गर्ने — पूर्ण प्रेस स्वतन्त्रता कायम राख्ने

    Prohibit direct/indirect foreign investment in media — maintain full press freedom

  • सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आबद्ध गरी छिटोछरितो, गुणस्तरीय, पारदर्शी र सहज तुल्याउने

    Integrate public service delivery with IT for fast, quality, transparent and easy access

पर्यटन र संस्कृति

Tourism & Culture · 5 बुँदा

  • नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने — नेपाली कूटनीतिक नियोगहरूलाई पर्यटन प्रवर्द्धनमा परिचालन

    Develop Nepal as attractive international tourism destination — mobilize Nepali diplomatic missions for tourism promotion

  • गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै आगामी पाँच वर्षमा पर्यटकको सङ्ख्या वार्षिक २५ लाख पुर्‍याउने

    Increase quality tourists to 2.5 million annually within 5 years

  • प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गर्ने

    Identify, promote and develop nature, adventure, wellness, religious, cultural, agri and recreation tourism

  • नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तार गर्ने — सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गर्ने

    Promote and expand Nepali film industry — build Film Cities in all provinces based on potential

  • जैविक र पर्यावरणीय विविधतासहितको इको टुरिज्मलाई प्रवर्द्धन गर्ने

    Promote eco-tourism leveraging biological and environmental diversity

वन र वातावरण संरक्षण

Forest & Environmental Conservation · 5 बुँदा

  • न्यूनतम ४५ प्रतिशत हरियाली वन क्षेत्र सुरक्षित गर्ने र वन क्षेत्रलाई सघन वन क्षेत्रमा रूपान्तरण गर्ने — जैविक विविधता तथा पर्यावरण प्रणालीको दिगो संरक्षण गर्ने

    Protect minimum 45% green forest cover and transform to dense forests — sustainable conservation of biodiversity

  • जलवायु परिवर्तनका असर कम गर्ने गरी रणनीति तर्जुमा गर्ने — नेपाललाई कार्बन न्यूट्रल देशमा रूपान्तरण गर्ने अभियान अघि बढाउने

    Formulate climate change mitigation strategy — advance campaign to transform Nepal into carbon neutral nation

  • नदी, खोला, ताल, हिमताल र पोखरीको संरक्षण गर्ने — माटो संरक्षण, पहिरो तथा नदी कटान रोकथाम र जग्गा विकासको कार्यलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गर्ने

    Conserve rivers, lakes and glacial lakes — run nationwide campaigns for soil conservation and landslide prevention

  • देशव्यापीरूपमा विपद् जोखिम क्षेत्रहरूको पहिचान र नक्साङ्कन गरी रोकथाम र नियन्त्रणका लागि पूर्व तयारीका योजनाहरू बनाउने

    Map disaster risk zones nationwide and prepare prevention and control plans

  • एक सामुदायिक वन–एक वन उद्यमको अवधारणा कार्यान्वयन गर्ने — वन, फलफूल, जडिबुटी तथा कृषिजन्य वनपैदावारको खेती विस्तार गर्ने

    Implement 'One Community Forest–One Forest Enterprise' concept — expand forest products and herbal farming

सामाजिक न्याय र सुरक्षा

Social Justice & Security · 5 बुँदा

  • बाल्यकालदेखि वृद्धावस्थालाई समेट्ने गरी जीवनचक्रमा आधारित सामाजिक सुरक्षा प्रभावकारी रूपमा लागू गर्ने

    Effectively implement lifecycle-based social security covering childhood to old age

  • राष्ट्रिय जीवनका सबै आयामहरूमा महिलाहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने — महिला सशक्तीकरण गर्ने

    Ensure meaningful participation of women in all dimensions of national life — empower women

  • महिला हिंसामुक्त, बालविवाह मुक्त, बहुविवाह मुक्त, बोक्सीप्रथामुक्त, छाउपडीमुक्त र रूढीमुक्त घोषणा गर्ने — दहेज, दाइजो र तिलक प्रथालाई निरुत्साहित गर्ने

    Declare freedom from gender violence, child marriage, dowry, witchcraft accusations and menstrual exile practices

  • सबै जातजाति, भाषाभाषी, लोपोन्मुख तथा सिमान्तकृत वर्ग र समुदायलाई सबै क्षेत्रमा निष्पक्ष र समान अवसरको ग्यारेन्टी गर्ने

    Guarantee fair and equal opportunities for all castes, linguistic groups, endangered and marginalized communities

  • जेष्ठ नागरिकहरूको जीवनलाई सम्मानित र सहज बनाउन वडा र गाउँपालिकामा कम्तीमा एउटा राज्य प्रवर्द्धित सुविधासम्पन्न केयर होम सञ्चालन गर्ने

    Run at least one state-promoted care home per ward/rural municipality for dignified senior citizen care

युवा, खेलकुद र स्वयंसेवा

Youth, Sports & Volunteerism · 5 बुँदा

  • युवाको शैक्षिक उन्नयन, सिप तथा प्रविधिमा पहुँच, उद्यमशीलता विकास, शारीरिक स्वास्थ्य, राजनीतिक तथा सामाजिक नेतृत्व विकास गर्ने

    Develop youth through education, skill access, entrepreneurship, health, political and social leadership

  • उद्यमशीलता वृद्धि गरी युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने — शिक्षित र दक्ष युवालाई आधुनिक कृषि, निजी उद्यम, सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना

    Attract youth to self-employment through entrepreneurship — create IT, modern agriculture and enterprise jobs for skilled youth

  • विपद्, महामारी, विकास निर्माण कार्य, सरसफाइ तथा वातावरण संरक्षण र सामाजिक चेतना अभिवृद्धिका लागि हरेक पालिकामा युवा स्वयंसेवकहरूको स्थायी संयन्त्र निर्माण

    Build permanent youth volunteer mechanism in every municipality for disaster relief, development and environmental protection

  • बाह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ५१ वटा स्वर्ण पदक जितेर कीर्तिमान कायम — अब एसियाली र ओलम्पिक खेलकुदमा समेत पदक जित्ने गरी खेलाडीहरूलाई सक्षम बनाउने

    Build on record 51 gold medals at 12th SAG — develop athletes capable of winning medals at Asian Games and Olympics

  • खेलाडीहरूको सम्मान र वृत्ति विकासका कार्यक्रमसहित जीवनवृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने — राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय प्रतिष्ठा र मित्रता अभिवृद्धि गर्ने

    Implement athlete career development and livelihood programs — enhance national unity and international prestige through sports

सांस्कृतिक रूपान्तरण र राष्ट्रिय एकता

Cultural Transformation & National Unity · 4 बुँदा

  • सामाजिक सद्भाव, राष्ट्रिय एकता, सांस्कृतिक र धार्मिक सहिष्णुता एवं उदार मूल्यहरूको अभिवृद्धि गर्ने — बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतालाई संरक्षण र संवर्धन

    Promote social harmony, national unity, cultural/religious tolerance — protect multi-ethnic, multilingual, multicultural diversity

  • नेपाली सभ्यता, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकास गर्ने — प्रत्येक प्रदेशमा कला, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान स्थापना

    Conserve and develop Nepali civilization, language, religion and culture — establish arts institutions in every province

  • जातीय सडकीणता, भौगोलिक विखण्डन र धार्मिक अतिवादजस्ता प्रवृत्तिलाई निरुत्साहित गर्ने — "सामाजिक सद्भाव र राष्ट्रिय एकता" नीतिका आधारमा सद्भाव सुदृढ गर्ने

    Discourage casteism, geographic fragmentation and religious extremism — strengthen harmony through national unity policy

  • मानव अधिकारको सम्मान, सामाजिक न्यायको प्रत्याभूति र सामाजिक सौहार्दता, जातीय सद्भाव र सांस्कृतिक सहचार्यका माध्यमबाट समुन्नत समाज निर्माण

    Build advanced society through human rights, social justice, ethnic harmony and cultural collaboration

राष्ट्रिय सुरक्षा

National Security · 4 बुँदा

  • राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा, प्राकृतिक सम्पदाको जगेर्ना, सामाजिक सद्भाव र मानवीय सुरक्षा सुनिश्चित हुने गरी राष्ट्रिय सुरक्षा नीतिको विकास

    Develop national security policy ensuring sovereignty, territorial integrity, natural resource protection and social harmony

  • नेपाली सेनालाई साधनस्रोत सम्पन्न, थप आधुनिक र अझ दक्ष बनाउने — नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आधुनिक, पर्याप्त स्रोतसाधन सम्पन्न र दक्ष बनाउने

    Modernize Nepal Army, Nepal Police, Armed Police Force and National Investigation Department with adequate resources

  • राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा आँच पुर्‍याउने विभाजनकारी र विखण्डनकारी क्रियाकलापलाई निरुत्साहित र नियन्त्रण गर्ने

    Discourage and control divisive activities threatening national unity and territorial integrity

  • राष्ट्रिय सुरक्षा प्रणालीलाई दिगो, सुदृढ र व्यापक बनाउन राष्ट्रिय सुरक्षा रणनीति तर्जुमा गरी अघि बढ्ने

    Formulate comprehensive national security strategy for sustainable and robust security system

स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध

Independent & Balanced International Relations · 5 बुँदा

  • पञ्चशीलको सिद्धान्त, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित — "सबैसँग छ मित्रता, छैन कसैसँग शत्रुता" को नीति अवलम्बन

    Follow Panchsheel principles, mutual benefit/respect — adopt "friendship with all, enmity with none" policy

  • छिमेक सम्बन्धलाई प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्ने — विदेश सम्बन्ध सञ्चालन गर्दा सार्वभौम समानताको नीति अवलम्बन

    Prioritize neighborhood relations in international engagement — maintain sovereign equality in foreign affairs

  • नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई अझ सुदृढ बनाउने — नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित सीमाको समस्या समाधान गर्ने

    Strengthen territorial integrity and sovereignty — resolve border issues including Limpiyadhura, Lipulekh and Kalapani

  • गैरआवासीय नेपालीहरूको अनुभव, सिप र पुँजीलाई नेपालको आर्थिक, सामाजिक विकासका लागि उच्च सम्मानका साथ परिचालन गर्ने

    Mobilize experience, skills and capital of non-resident Nepalis for national economic and social development

  • संयुक्त राष्ट्र सङ्घ, क्षेत्रीय तथा बहुपक्षीय संस्था र मञ्चहरूमा नेपालको हित, स्वाभिमान, प्रतिष्ठा, विश्व शान्ति, मानवता एवम् धर्तीको सुरक्षाका पक्षमा दृढतापूर्वक प्रस्तुत हुने

    Firmly represent Nepal's interests, dignity and world peace at UN, regional and multilateral forums

पूरा घोषणापत्र PDF

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)को मूल घोषणापत्र (76 पृष्ठ) डाउनलोड गर्नुहोस्

साझा गर्नुहोस्:

अन्य दलसँग तुलना गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)को घोषणापत्र अन्य दलसँग तुलना गर्नुहोस्

अन्य दलका घोषणापत्र

नेपाली काँग्रेस

नेपाली काँग्रेस

सुशासन र समुन्नतिको VISION

नेपाल मजदुर किसान पार्टी

नेपाल मजदुर किसान पार्टी

घोषणापत्र: प्रतिनिधिसभा निर्वाचन २०८२

राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा

घोषणापत्र: प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचन २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी

संकल्प-पत्र: प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी

वाचा पत्र २०८२: थिति बसाल्ने सङ्कल्प

नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टी

प्रतिबद्धता पत्र: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

जनता समाजवादी पार्टी, नेपाल

जनता समाजवादी पार्टी, नेपाल

घोषणा-पत्र: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

उज्यालो नेपाल पार्टी

उज्यालो नेपाल पार्टी

निर्वाचन प्रतिबद्धता-पत्र (सारांश)

प्रगतिशील लोकतान्त्रिक पार्टी

प्रगतिशील लोकतान्त्रिक पार्टी

प्रतिबद्धतापत्र — २०८२

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)का उम्मेदवारहरू हेर्नुहोस्