
उज्यालो नेपाल पार्टी
Ujyalo Nepal Party
निर्वाचन प्रतिबद्धता-पत्र (सारांश)
सारांश
उज्यालो नेपाल पार्टीको प्रतिबद्धता पत्रले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै "ठप होइन काम, भाषण होइन परिणाम" भन्ने नाराको साथ शासन खर्च घटाउने, अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने र सन् २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य प्रस्तुत गरेको छ।
Ujyalo Nepal Party's commitment letter focuses on good governance, prosperity and social justice with the slogan "Not rhetoric but results, not speeches but outcomes." It targets reducing governance costs, building a production-oriented economy, and transforming Nepal into an upper-middle-income country by 2035.
मुख्य नीति तथा प्रतिबद्धताहरू
संविधान संशोधन र शासकीय सुधार
Constitutional Amendment & Governance Reform · 6 बुँदा
- •
सुशासनको हक: नागरिकले समयमै सार्वजनिक सेवा पाउने, भ्रष्टाचारविरुद्ध उजुरी दिने र जवाफदेहिता खोज्ने हक संविधानमा मौलिक हकको रूपमा स्थापित गरिने
Right to good governance: citizens' right to timely public services, filing corruption complaints, and seeking accountability to be established as a fundamental right
- •
प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेशसभा ५५० बाट ३३० मा कटौती गरिने
Reduce House of Representatives from 275 to 201 and Provincial Assembly from 550 to 330 members
- •
संघमा १५ मन्त्रालय र प्रदेशमा ५ देखि ७ मन्त्रालयमा सीमित गरी राज्यमन्त्री र सहायकमन्त्री नराख्ने
Limit federal ministries to 15 and provincial to 5-7; eliminate state ministers and assistant ministers
- •
प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था
Directly elected Chief Ministers by the people for provincial government stability
- •
स्थानीय निर्वाचन दलविहीन बनाई स्वतन्त्र उम्मेदवारबीच मात्र प्रतिस्पर्धा गराइने
Make local elections non-partisan with competition only among independent candidates
- •
बेलिज्ला र विदेशबाट निर्वाचनमा मतदान गर्ने व्यवस्था गरिने
Arrange voting from prisons and abroad for Nepali citizens
अर्थतन्त्र र समृद्धि
Economy & Prosperity · 6 बुँदा
- •
कुल गार्हस्थ्य उत्पादन सन् २०३० सम्म ७० अर्ब डलर र सन् २०३५ सम्म १११ अर्ब डलर पुर्याउने
GDP target: $70 billion by 2030 and $111 billion by 2035
- •
सन् २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गरिने
Transform Nepal into an upper-middle-income country by 2035
- •
निर्यात सन् २०३० मा १० अर्ब डलर र सन् २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गरिने
Expand exports to $10 billion by 2030 and $20 billion by 2035
- •
प्रतिवर्ष करिब १० लाख थप रोजगारी सिर्जना गरी ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गरिने
Create ~10 lakh additional jobs per year, 45 lakh jobs in 5 years
- •
गरिबीको दर २०.१% बाट सन् २०३० सम्म १५% र सन् २०३५ सम्म १०% मा झार्ने
Reduce poverty rate from 20.1% to 15% by 2030 and 10% by 2035
- •
बेरोजगारी सन् २०३० सम्म ८% भन्दा कम र सन् २०३५ सम्म ५% भन्दा कम गरिने
Reduce unemployment to under 8% by 2030 and under 5% by 2035
सुशासन र भ्रष्टाचार नियन्त्रण
Good Governance & Anti-Corruption · 5 बुँदा
- •
सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गरी प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाइने
Ensure right to timely public services; make administration digital, transparent and accountable
- •
सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक अनलाइन सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने
Mandatory annual online asset disclosure for all public officials and civil servants
- •
भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाइने
Lifetime ban on public office for those convicted of corruption
- •
उज्यालो हटलाइन र सूचनादाता पुरस्कार कोष: भ्रष्टाचारविरुद्ध उजुरी दिने व्यक्तिको ५% प्रतिशतले हुनआउने रकम सूचनादातालाई पुरस्कारबापत दिइने
Ujyalo Hotline & Whistleblower Reward Fund: 5% of recovered amount given to informants reporting corruption
- •
सरकार गठन भएपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको प्रगति 'रिपोर्ट कार्ड' सार्वजनिक गरिने
Annual 'Progress Report Card' on commitment implementation published after government formation
जलविद्युत र ऊर्जा
Hydropower & Energy · 5 बुँदा
- •
जलविद्युत उत्पादन सन् २०३० सम्म १२ हजार मेगावाट र सन् २०३५ सम्म २५ हजार मेगावाट पुर्याइने
Hydropower production: 12,000 MW by 2030 and 25,000 MW by 2035
- •
भारत, बंगलादेश र चीनमा विद्युत निर्यात गरी छिमेकी मुलुकमा विद्युत निर्यातबाट वार्षिक ५ अर्ब डलर राजस्व प्राप्त गरिने
Export electricity to India, Bangladesh and China; earn $5 billion annual revenue from exports
- •
क्रिप्टो, माइनिङ, डाटा सेन्टरमा लगानी ल्याउन अभियान चलाइने
Campaign to attract investment in crypto mining and data centers
- •
स्थानीय स्तरमा विद्युत उपभोग प्रवर्द्धन गरी इन्धन आयात घटाइने
Promote local electricity consumption to reduce fuel imports
- •
कार्बन न्यूट्रल नेपाल: सन् २०३५ सम्ममा २५ हजार मेगावाट र सम्ममा ४० हजार मेगावाट विद्युत उत्पादन लक्ष्य
Carbon Neutral Nepal: target 25,000 MW by 2035 and 40,000 MW production capacity
पर्यटन
Tourism · 4 बुँदा
- •
विदेशी पर्यटक आकर्षण सन् २०३० सम्म २० लाख र सन् २०३५ सम्म ५० लाख पुर्याइने
Attract 20 lakh foreign tourists by 2030 and 50 lakh by 2035
- •
पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, कलात्मक वस्तु निर्माण, हवाई सेवा विस्तारलगायत नवीन तुलनात्मक लाभका क्षेत्र पहिचान गरिने
Identify new comparative advantage areas including tourism infrastructure, IT, handicrafts and airline expansion
- •
धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा र साहसिक खेलको राजधानी बनाइने
Develop Nepal as a capital for religious, spiritual, health, education and adventure sports tourism
- •
वार्षिक १० अर्ब डलर पर्यटन राजस्व प्राप्त गर्ने लक्ष्य
Target $10 billion annual tourism revenue
शिक्षा
Education · 5 बुँदा
- •
हरेक नागरिकले विश्वविद्यालय शिक्षा निःशुल्क प्राप्त गर्ने व्यवस्था गरिने
Provide free university education for every citizen
- •
+२ को पाठ्यक्रममा ५० प्रतिशत व्यावसायिक सीप विकासलाई अनिवार्य गरी १०० दिनसम्मको इन्टर्नसीपको व्यवस्था
Make 50% vocational skills mandatory in +2 curriculum with up to 100 days internship
- •
प्रत्येक विद्यार्थीलाई मासिक १० हजार रुपैयाँ बराबरको 'अमबजार प्रवेश उत्प्रेरणा भत्ता' दिने
Monthly Rs 10,000 'Ambazar Entry Incentive Allowance' for every student
- •
शिक्षा बचत कोष: प्रत्येक नवजात शिशुको नाममा १५ हजारको बचत खाता खोल्ने
Education Savings Fund: open Rs 15,000 savings account in every newborn's name
- •
स्मार्ट स्कूल अभियान: प्रत्येक विद्यालयमा एक डिजिटल कक्षा, इन्टरनेट, डिजटल पुस्तकालयसहित १० कक्षासम्म गुणस्तरीय शिक्षा दिने
Smart School Campaign: one digital classroom, internet and digital library per school with quality education up to grade 10
कृषि
Agriculture · 4 बुँदा
- •
किसानलाई प्रत्यक्ष अनुदान: डिजिटल आईडीमार्फत मल, बीउ र बिमाका लागि डिजिटल अनुदान दिइने
Direct subsidies to farmers: digital subsidies for fertilizer, seeds and insurance via digital ID
- •
अर्गानिक कृषि क्रान्ति: ५ वर्षमा ५० प्रतिशत कृषि क्षेत्र जैविक घोषणा गरी उत्पादित वस्तु बजारीकरण गरिने
Organic farming revolution: declare 50% farmland organic in 5 years with marketing support
- •
कृषि सहकारी स्टार्टअप फन्ड: युवा किसान समूहलाई २५ लाखसम्मको सहुलियत ऋण ५ वर्षका लागि
Agriculture Cooperative Startup Fund: Rs 25 lakh concessional loans for young farmer groups for 5 years
- •
कृषि सिंचाई: कृषि सिंचाइको लागि प्रयोगहुने विद्युत निःशुल्क दिने व्यवस्था
Free electricity for agricultural irrigation
स्वास्थ्य
Health · 3 बुँदा
- •
निःशुल्क स्वास्थ्य सेवा अभियान: हरेक नागरिकलाई स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था
Free healthcare campaign: free treatment at health institutions for every citizen
- •
मनोसामाजिक परामर्श सेवा: प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्शदाताको सेवा उपलब्ध गराइने
Psychosocial counseling: mental health counselors available in every ward
- •
प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा: प्रत्येक स्थानीय तहको स्वास्थ्य संस्थामा कम्तीमा एक विशेषज्ञ (हाडजोर्नी, स्त्रीरोग र बालरोग) राख्ने
Specialist services at primary health centers: at least one specialist (orthopedic, gynecology, pediatrics) at every local health institution
पूर्वाधार विकास
Infrastructure Development · 4 बुँदा
- •
सडक तथा रेलमार्ग: आगामी ५ वर्षभित्र ३ हजार कि.मि. कालोपत्रे, ४ हजार कि.मि. नयाँ ट्र्याक खोल्ने
Roads & railways: 3,000 km blacktop and 4,000 km new track within 5 years
- •
रेलमार्ग निर्माण: रक्सौल-काठमाडौँ-केरुङ मार्ग, पूर्व-पश्चिम रेलमार्गसम्बन्धी विस्तृत अध्ययन पूरा गरी लगानी मोडालिटी तयार गरिने
Railway: complete detailed study of Raxaul-Kathmandu-Kerung route and east-west railway with investment modality
- •
जलमार्ग पहिचान: कोशी, गण्डकी र कर्णाली नदी बेसिनहरूमा जलमार्गको सम्भाव्यता अध्ययन शुरु गरिने
Waterway identification: begin feasibility studies in Koshi, Gandaki and Karnali river basins
- •
एक प्रदेश एक स्मार्ट सिटी: मिजन २०४० सम्ममा १३ वट शहरमा पूर्ण रूपमा स्मार्ट सिटी सञ्चालन गरिने
One Province One Smart City: fully operational smart cities in 13 cities by 2040
डिजिटल नवीनता र कानुनी सहजता
Digital Innovation & Legal Simplification · 4 बुँदा
- •
डाटा संरक्षण र साइबर सुरक्षा: तथ्यांक संरक्षण ऐन, साइबर सुरक्षा ऐन र ए.आई. नीति लिइने
Data Protection & Cybersecurity: enact Data Protection Act, Cybersecurity Act and AI policy
- •
नेपाल आईटी हब: १० अर्बको स्टार्टअप कोष स्थापना गरी सातै प्रदेशमा आईटी पार्क स्थापना गरिने
Nepal IT Hub: establish Rs 10 billion startup fund and IT parks in all 7 provinces
- •
डिजिटल सीप: ५ वर्षमा ६ लाख युवालाई कोडिङ, ए.आई, साइबर सेक्युरिटी लगायत आईटी शिक्षा दिइने
Digital Skills: train 6 lakh youth in coding, AI, cybersecurity and IT over 5 years
- •
एकद्वार प्रणाली: नागरिकलाई सबै सरकारी सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराइने
One-door system: provide all government services through a single digital platform
युवा कार्यक्रम
Youth Programs · 3 बुँदा
- •
उज्यालो युवा रोजगार मेला: सातै प्रदेशमा १६-३५ वर्षका युवाका लागि रोजगार मेला सञ्चालन गरिने
Ujyalo Youth Employment Fair: conducted in all 7 provinces for youth aged 16-35
- •
प्रत्येक घरमा रोजगारी अभियान: ५ वर्षमा १० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता कोषबाट १० लाखसम्म ऋणसहित मेन्टरसीपको व्यवस्था
Employment in Every Home: create jobs for 10 lakh youth domestically with up to Rs 10 lakh loans and mentorship
- •
युवा नेतृत्व तालिम: १८-३५ वर्ष उमेरका युवालाई १०१ सदस्यीय 'युवा संसद' गठन गरी नेतृत्व विकास कार्यक्रम सञ्चालन गरिने
Youth Leadership Training: form 101-member 'Youth Parliament' for 18-35 year olds for leadership development
नागरिक हित संरक्षण
Citizen Welfare & Social Protection · 3 बुँदा
- •
परिवार संरक्षण प्याकेज: मुख्य आम्दानी स्रोत व्यक्ति आकस्मीक मृत्यु भएमा आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य र जीविकोपार्जन सहयोग
Family Protection Package: education, health and livelihood support for dependents upon primary earner's death
- •
भूमिहीन तथा अव्यवस्थित बस्तीका परिवारलाई सस्तो आवास निर्माण गरी हस्तान्तरण गरिने
Build and transfer affordable housing for landless and slum-dwelling families
- •
भूमिहिनलाई जग्गा वितरण: उच्चस्तरीय भूमि आयोग गठन गरी लालपूर्जासहित जग्गा वितरण व्यवस्थित गरिने
Land distribution: form high-level land commission for organized land distribution with title deeds
खेलकुद
Sports · 3 बुँदा
- •
उज्यालो खेल मैदान: प्रदेशमा निर्माणाधीन क्रिकेट स्टेडियम तथा बहुउद्देश्यीय खेल मैदान सम्पन्न गरिने
Ujyalo Sports Grounds: complete cricket stadiums and multi-purpose sports grounds under construction across provinces
- •
खेल पर्यटन प्रवर्द्धन कोष स्थापना गरी मासिक २५ हजार र अन्तर्राष्ट्रिय खेलाडीलाई ६० हजार पेन्सन दिने
Establish Sports Tourism Fund with Rs 25,000 monthly pension for national athletes and Rs 60,000 for international athletes
- •
स्कूल स्पोर्ट्स मिशन: विद्यालयमा अनिवार्य खेल शिक्षा १४ वर्ष मुनिका र १८ वर्ष मुनिका उत्कृष्टलाई छात्रवृत्तिसहित प्रशिक्षक तालिम दिने
School Sports Mission: mandatory sports education with scholarships and coaching for talented students under 14 and 18
सिंचाई
Irrigation · 3 बुँदा
- •
राष्ट्रिय गौरवका निर्माणाधीन सिंचाई आयोजना (सुनकोसी-मरिन, मेरी-बबई, बर्दी, सिक्टा, महाकाली) सम्पन्न गरिने
Complete national pride irrigation projects: Sunkoshi-Marin, Meri-Babai, Bardi, Sikta and Mahakali
- •
तराई-मधेशमा ५ वर्षभित्र ३ लाख हेक्टर जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याइने
Underground irrigation for 3 lakh hectares in Terai-Madhesh within 5 years
- •
हिमाल तथा पहाडी क्षेत्रमा विद्युत प्रयोगरी लिफ्ट प्रविधिबाट २ लाख हेक्टरमा सिंचाई सुविधा
Lift irrigation using electricity for 2 lakh hectares in hill and mountain areas
पूरा घोषणापत्र PDF
उज्यालो नेपाल पार्टीको मूल घोषणापत्र (9 पृष्ठ) डाउनलोड गर्नुहोस्
अन्य दलसँग तुलना गर्नुहोस्
उज्यालो नेपाल पार्टीको घोषणापत्र अन्य दलसँग तुलना गर्नुहोस्
अन्य दलका घोषणापत्र
नेपाली काँग्रेस
सुशासन र समुन्नतिको VISION
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
पाँच वर्ष : एमालेले गर्छ !
नेपाल मजदुर किसान पार्टी
घोषणापत्र: प्रतिनिधिसभा निर्वाचन २०८२
राष्ट्रिय जनमोर्चा
घोषणापत्र: प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचन २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी
संकल्प-पत्र: प्रतिनिधि सभा निर्वाचन २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी
वाचा पत्र २०८२: थिति बसाल्ने सङ्कल्प
नेपाली कम्युनिष्ट पार्टी
प्रतिबद्धता पत्र: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
जनता समाजवादी पार्टी, नेपाल
घोषणा-पत्र: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टी
प्रतिबद्धतापत्र — २०८२