राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी

Rastriya Swatantra Party

वाचा पत्र २०८२: थिति बसाल्ने सङ्कल्प

14 विषय64 मुख्य बुँदा20 पृष्ठ

सारांश

राष्ट्रिय स्वतन्त्र पार्टीको 'वाचा पत्र २०८२' मा रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू प्रस्तुत गरिएको छ। 'थिति बसाल्ने सङ्कल्प' भन्ने मूल नाराका साथ यो दस्तावेजले शासन सुधार, भ्रष्टाचार नियन्त्रण, आर्थिक वृद्धि, डिजिटल रूपान्तरण, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा, वातावरण, सामाजिक न्याय र राष्ट्रिय सुरक्षा जस्ता विषयहरूमा ठोस प्रतिबद्धता राखेको छ। प्रतिव्यक्ति आय ३,००० डलर पुर्‍याउने, ३०,००० मेगावाट विद्युत् उत्पादन, र सूचना प्रविधि क्षेत्रबाट १.५ अर्ब डलर निर्यातको लक्ष्य प्रमुख हाइलाइटहरू हुन्।

RSP's 'Promise Document 2082' presents 100 policy foundations for transformation. Under the banner 'Resolution to Establish Order' (Thiti Basalne Sankalpa), the document covers governance reform, anti-corruption, economic growth, digital transformation, agriculture, education, health, infrastructure, energy, environment, social justice and national security. Key targets include raising per capita income to $3,000, generating 30,000 MW of electricity, and $1.5 billion in IT sector exports.

मुख्य नीति तथा प्रतिबद्धताहरू

शासन सुधार र भ्रष्टाचार नियन्त्रण

Governance Reform & Anti-corruption · 6 बुँदा

  • संघीय मन्त्रालयहरूको सङ्ख्या १८ मा सीमित गर्दै 'विज्ञ मन्त्री' र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापित गर्ने

    Limit federal ministries to 18 and establish a new standard of 'expert ministers' and specialization-based civil service administration

  • सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा पेशागत, तटस्थ र उत्तरदायी बनाउने

    Abolish partisan trade unions within government service and make administration fully professional, neutral and accountable

  • उच्च अदालत तथा सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रियामा दलगत प्रभाव, आन्तरिक प्रतिस्पर्धाको अभाव तथा भागबन्डा-आधारित व्यवस्था अन्त्य गर्ने

    End partisan influence, internal competition gaps and quota-based systems in appointment of High Court and Supreme Court judges

  • राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रारम्भिक छलफलका प्रस्तावहरूबारे 'बचस पत्र' तयार गर्नेछौं। पार्टीको प्रारम्भिक छलफलका विषयमा निम्न अवधारणा पर्नेछन्: प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, सांसद मन्त्री नहुने व्यवस्था, गैर-दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप

    Prepare a 'Discussion Document' proposing directly elected executive, fully proportional parliament, separation of ministers from MPs, non-partisan local government and reformed provincial structure

  • सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौं। निर्वाचनअघि र कार्यकाल पूरा अदालत तथा सर्वोच्च अदालतमा उच्च पदमा नियुक्त व्यक्तिहरूलाई उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् समक्ष सिफारिस गर्ने व्यवस्था गर्नेछौं

    Fully disclose all assets before assuming public office; establish transparent appointment systems for judicial and high public positions

  • नागरिकलाई न्यायिक पारदर्शिताको अनुभव गराउन अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने विकल्पबारे अध्ययन गरी उचित प्रबन्ध मिलाउनेछौं

    Study and implement options for live broadcasting of court hearings to provide citizens with judicial transparency

आर्थिक वृद्धि र वित्तीय सुधार

Economic Growth & Financial Reform · 5 बुँदा

  • औसत आर्थिक वृद्धिदर ७ प्रतिशत (स्थिर मूल्यमा) कायम गरेर जग बसाउनेछौं। यसका आधारमा पाँचदेखि सात वर्षभित्रै प्रतिव्यक्ति आय ३,००० डलर र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुग्ने लक्ष लिनेछौं

    Maintain 7% average GDP growth rate to reach $3,000 per capita income and economy size approaching $100 billion within 5-7 years

  • कार्टेल, अस्वस्थ प्रतिस्पर्धा, रेन्ट-सिकिङ तथा नीतिगत दोहनजस्ता विकृतिहरू नियन्त्रण गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त, पेशागत, पारदर्शी र शक्तिशाली नियामकीय निकायहरूको निर्माण तथा सुदृढीकरण गर्नेछौं

    Build strong, independent regulatory bodies free from political interference to control cartels, unhealthy competition, rent-seeking and policy exploitation

  • स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्था सहित वान-स्टप सेवा केन्द्रको कार्यान्वयन गर्नेछौं

    Implement a one-stop service center for domestic and foreign investment promotion where a single filing eliminates the need to visit multiple agencies

  • सहकारी र लघुवित्त क्षेत्रलाई नेपाल राष्ट्र बैंकको ल्याउनेछौं। ५० करोडभन्दा कारोबार गर्ने सहकारी र लघुवित्तहरूलाई अनिवार्य रूपमा राष्ट्र बैंकको प्रत्यक्ष सुपरिवेक्षण प्रणालीभित्र ल्याउनेछौं

    Bring cooperatives and microfinance institutions with turnover exceeding 50 crore under mandatory direct supervision of Nepal Rastra Bank

  • आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र सानाबचतकर्ताहरूको बचत खातामा फिर्ता शुरु गर्नेछौं। बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एक 'एकीकृत बचत माध्यमबाट सजिलो, द्रुत र निशुल्क रूपमा व्यवसाय दर्ता गराउँछौं

    Begin returning deposits to small savers within 100 days of government formation; establish an integrated savings protection system with easy, fast and free business registration

डिजिटल रूपान्तरण र सूचना प्रविधि

Digital Transformation & Information Technology · 5 बुँदा

  • बोकेको सूचना प्रविधि (IT) क्षेत्रलाई 'राष्ट्रिय रणनीतिक उद्योग' घोषणा गर्नेछौं। हालको १.५ अर्ब डलरको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पुर्‍याउने लक्ष्य प्राप्त गर्न एक स्वायत्त 'आइटी प्रवर्द्धन बोर्ड' गठन गर्नेछौं

    Declare IT sector a 'National Strategic Industry' and establish an autonomous 'IT Promotion Board' to grow exports from $1.5 billion to $30 billion in 10 years

  • नेपाललाई सुरक्षित डिजिटल आश्रयस्थल बनाउन विशेष ऐन ल्याई लगानीकर्ताहरूलाई पूर्ण कानुनी सुरक्षासहित नेपाली अधिकारक्षेत्रभित्र डाटा भण्डारण गर्न अनुमति दिनेछौं

    Make Nepal a secure digital asylum by enacting special legislation providing full legal protection for investors to store data within Nepali jurisdiction

  • स्वदेशी स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोड्न 'अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे' का कानुनी र प्राविधिक अड्चनहरू तत्काल हटाउनेछौं। नेपाललाई डिजिटल सेवालाई प्रविधिमार्फत 'डिजिटल-फर्स्ट' राष्ट्रका रूपमा चिनाउने

    Remove legal and technical barriers for an 'International Payment Gateway' to connect domestic startups to global markets; brand Nepal as a 'Digital-First' nation

  • एकद्वार डिजिटल पर्यटन प्रणाली मार्फत अध्यागमन, ट्रेकिङ, राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग, सम्पदा स्थलका फरक-फरक अनुमति प्रणाली, टिकट र शुल्कलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरी पर्यटकको समय, खर्च र झन्झट घटाउनेछौं

    Integrate all tourism permits, tickets and fees into a single digital platform covering immigration, trekking, national parks and heritage sites to reduce tourist hassle

  • सार्वजनिक सेवा लाइनमा नभई, अनलाइनमा हुनेछ। राष्ट्रिय अभिलेख र डिजिटल सुशासन सुदृढीकरण गर्न नेपालमा बसोबास गर्ने सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराई, एकीकृत डाटाबेस निर्माण गर्ने

    Move all public services from queues to online; provide national ID cards to all residents and build a unified digital database for governance

ऊर्जा र विद्युत्

Energy & Electricity · 4 बुँदा

  • आगामी दशकमा ३०,००० मेगावाट विद्युत् जडित क्षमता हासिल गर्ने लक्ष्य लिएका छौं। ऊर्जा विकासलाई तीव्रता दिन भूमि, वन तथा वातावरणसम्बन्धी विद्यमान कानूनहरूलाई परिमार्जन गर्दै ऊर्जा मन्त्रालयबाट नै सम्पूर्ण स्वीकृति दिने व्यवस्था मिलाउनेछौं

    Achieve 30,000 MW installed electricity capacity in the next decade by streamlining land, forest and environmental laws to enable single-window energy approvals

  • आगामी पाँच वर्षभित्र नेपालले कच्चा विद्युत् मात्र निर्यात गर्न देशबाट 'कुत्रिम बौद्धिकता' र 'कम्प्युटेसन' शक्ति पनि निर्यात गर्ने देशमा रूपान्तरण गर्नेछौं। स्वच्छ ऊर्जाको उत्पादन, चिसो पहाडी मौसम र स्थिर भू-संरचना दक्ष 'डाटा केन्द्र'का लागि उपयुक्त छन्

    Transform Nepal from raw electricity exporter to an AI and computing power exporter within 5 years, leveraging clean energy, cool mountain climate and stable terrain for data centers

  • घरेलु विद्युत् खपत वृद्धि गर्न ऊर्जा खपत बढाउनेछौं। ऊर्जा-आधारित उद्योगहरू जस्तै स्टिल, सिमेन्ट, जडिबुटी प्रशोधन, डाटा सर्भर स्टोरेज तथा रासायनिक मल उद्योगलाई आकर्षित गर्नेछौं

    Boost domestic electricity consumption by attracting energy-intensive industries including steel, cement, herbal processing, data server storage and chemical fertilizer manufacturing

  • ऊर्जा निर्यात प्रवर्द्धन गर्न छिमेकी मुलुक भारत र बङ्गलादेशसँग ऊर्जा कूटनीति अवलम्बन गर्दै अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्नेछौं। सीमा-पार प्रसारण पूर्वाधार विस्तार गर्ने

    Pursue energy diplomacy with India and Bangladesh for short, medium and long-term energy trade agreements while expanding cross-border transmission infrastructure

कृषि र खाद्य सुरक्षा

Agriculture & Food Security · 5 बुँदा

  • अनिश्चितताको वेराभित्र रहेको कृषि क्षेत्रलाई नीतिगत स्थायित्व, स्थिर बजार, पारदर्शी अनुदान, विश्वसनीय बीमा प्रणाली, पर्याप्त सिंचाइ तथा प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत 'नेपालमा कृषि गरेर धनी हुन सकिन्छ' भन्ने विश्वाससहित सम्मानजनक पेशाका रूपमा पुनः स्थापना गर्नेछौं

    Restore agriculture as a dignified profession through stable policy, transparent subsidies, reliable insurance, adequate irrigation and technology-based production with the conviction that 'farming in Nepal can create prosperity'

  • कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी व्यापार सम्झौताहरु गर्नेछौं। नेपालमै भएका कृषि उपजको उत्पादन वृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्न आवश्यक ऐन-कानून, भन्सार तथा अन्य नीतिगत सुधारहरू तत्काल गर्नेछौं

    Negotiate trade agreements supporting agricultural import substitution; enact immediate customs and policy reforms to boost domestic crop production and self-reliance

  • नेपालमा जग्गाको उपलब्धता र कृषि सम्भावनाको उच्चतम उपयोग सुनिश्चित गर्न भू-उपयोग योजनाको पुनरावलोकन गर्नेछौं। बाँझो कृषि जमीनको उपयोग, जग्गा चक्लाबन्दी तथा जग्गा एकीकरण प्रवर्द्धन गर्न आवश्यक नीतिगत व्यवस्था तथा प्रोत्साहनमूलक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौं

    Review land use plans to maximize agricultural potential; promote use of fallow farmland, land consolidation and farm integration through effective policy and incentive programs

  • रासायनिक मलखाद तथा कृषि यान्त्रीकरणमा प्राथमिकताका साथ लगानी वृद्धि गर्दै कृषि उत्पादन लागत न्यूनीकरण तथा उत्पादन वृद्धि गर्नेछौं। कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण, जलवायु अनुकूलन तथा मूल्य शृङ्खला विकासमा प्रभावकारी योगदान पुर्‍याई समग्र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने

    Increase investment in chemical fertilizers and farm mechanization to reduce production costs; improve value chains, climate adaptation and overall agricultural productivity

  • सिंचाइ, रासायनिक मलखाद तथा कृषि यान्त्रीकरणमा प्राथमिकताका साथ लगानी वृद्धि गर्दै कृषि उत्पादन लागत न्यूनीकरण। आगामी दशकमा ३०,००० मेगावाट विद्युत् जडित क्षमता हासिल गर्ने लक्ष्यसँग कृषिमा विद्युतीय सिंचाइ विस्तार गर्ने

    Prioritize investment in irrigation, fertilizers and mechanization to reduce costs; expand electric irrigation linked to the 30,000 MW electricity generation target

पूर्वाधार र यातायात

Infrastructure & Transport · 5 बुँदा

  • पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण सञ्चालनमा ल्याउन विभिन्न शुल्कमा छुटको व्यवस्थालाई थप प्रभावकारी बनाउन, ति विमानस्थललाई अन्तर्राष्ट्रिय बजारीकरण गर्न, साथै भारतसँग प्रवेश-निगर्मन तथा आइ.एल.एस. सम्झालनबारे कूटनीतिक पहल गर्नेछौं

    Fully operationalize Pokhara and Bhairahawa international airports with fee concessions, international marketing and diplomatic initiatives with India on approach/ILS agreements

  • लामो दूरीको बस सेवामा सिन्डिकेट र कार्टेलिङलाई पूर्णतः अन्त्य गरी नागरिकलाई स्वस्थ प्रतिस्पर्धा र सुरक्षित गुणस्तरीय सेवा दिनेछौं। ठूला सहरी क्षेत्रमा नगर बस सेवालाई चुस्त, सुरक्षित, आरामदायी र भरपर्दै बनाउन एउटै प्राधिकरणको व्यवस्थापन गर्ने

    Completely end bus service syndicates and cartels for competitive, safe quality long-distance transport; establish single transit authorities for reliable urban bus services

  • नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनको आधारमा रेलमार्ग विस्तारको योजना बनाउनेछौं। मेची-महाकाली विद्युतीय रेलमार्गलाई यात्रु र माल ढुवानीको मेरुदण्ड बनाइने छ भने पोखरा, काठमाण्डौ, लाक्, सुर्खेत र तराईका प्रमुख शहरहरूसम्म शाखा मार्गहरु सहित नेपाललाई चीन र भारतका रेल सञ्जालमा जोडिनेछ

    Develop railway expansion plan with Mechi-Mahakali electric rail as the backbone; build branch lines to Pokhara, Kathmandu, Surkhet and major Terai cities, connecting to China and India rail networks

  • देशभर, काठमाडौंमा शुरु गरेर जनतानी परम्परागत वास्तुकलामा आधारित, सुरक्षित र आरामदायी बसबिसौनी बनाउने पहल गर्नेछौं। हरेक नगरपालिकाका बासिन्दालाई विस्तृत व्यायाम, सांस्कृतिक कार्यक्रम लगायत विपद व्यवस्थापनलाई पूर्वाधार निर्माण

    Launch nationwide urban development starting from Kathmandu based on traditional architecture; build infrastructure in every municipality for recreation, cultural programs and disaster management

  • सडक सुरक्षालाई प्रविधिसँग जोड्दै सबै सार्वजनिक यातायात साधनको जीपीएस ट्र्याकिङ लगायत ए.आइ. मा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति तथा लेन अनुशासन कडाइ गर्दै पहिलो वर्षमै दुर्घटना दरमा भारी गिरावट ल्याउने

    Integrate road safety with technology including GPS tracking on all public vehicles, AI traffic cameras, digital fines and strict speed/lane enforcement to drastically reduce accidents in the first year

पर्यटन र संस्कृति

Tourism & Culture · 3 बुँदा

  • पशुपतिनाथ र लुम्बिनीका अलावा काठमाडौं उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु-बौद्ध महिमा र राम-जानकी विवाहको ऐतिहासिक भूमि जनकपुरलाई धार्मिक-सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विशेष पूर्वाधार निर्माण गर्ने

    Develop special infrastructure for religious-cultural tourism covering Pashupatinath, Lumbini, Kathmandu Valley heritage, the Hindu-Buddhist corridor from Devghat to Muktinath, and Janakpur as Ram-Janaki's historic land

  • नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्र का रूपमा विकास गर्न 'माउन्टेन स्कूल' को नीतिगत ढाँचा तयार गरी उच्च हिमाली उद्धार र चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय एकेडेमी सञ्चालन गर्नेछौं

    Develop Nepal as the world's premier mountaineering training center through a 'Mountain School' policy framework and establish an international academy for high-altitude rescue and medicine

  • ब्राण्डीङ नपुगेका सुदूरपश्चिम, कर्णाली, मधेस र कोशीका प्रसिद्ध स्थान र सम्पदाहरूको प्रवर्द्धनमा जोड दिनेछौं। नेपाल पर्यटन बोर्ड पर्यटन केन्द्र स्थापना गर्नुको साथै, लगानी सजीलो बनाउन सार्वजनिक-निजी साझेदारी प्रवर्द्धन गर्ने

    Promote under-branded destinations in Sudurpashchim, Karnali, Madhesh and Koshi through Nepal Tourism Board centers and public-private partnerships to ease tourism investment

शिक्षा सुधार

Education Reform · 5 बुँदा

  • विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्नेछौं। शिक्षक तथा प्राध्यापकहरूको राजनीतिक आबद्धतालाई पूर्णतः निषेध गर्नेछौं

    Free universities and schools from being arenas for party politics; completely prohibit political affiliation of teachers and professors

  • सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमतामा आमूल सुधार ल्याउन आगामी दुई दशकसम्म उत्कृष्ट्य लगानी थप्दै गुणस्तर वृद्धि गर्नेछौं

    Radically improve public education quality, access and competitiveness through excellent investment over the next two decades

  • प्रत्येक बालबालिकाको 'सिक्न पाउने अधिकार' लाई अक्षुण्ण राख्न हरेक प्रदेशमा कम्तीमा एक 'अत्याधुनिक नमुना समावेशी विद्यालय' स्थापना गर्दै देशभरका सबै विद्यालयलाई क्रमशः पूर्णतः पहुँचयुक्त र समावेशी बनाउनेछौं

    Establish at least one state-of-the-art inclusive model school in every province to uphold every child's 'right to learn'; progressively make all schools fully accessible and inclusive

  • शिक्षकलाई शिक्षाको मेरुदण्डका रूपमा स्वीकार गर्दै योग्यता, क्षमता, निरन्तर पेशागत विकास र स्पष्ट जवाफदेहिताका आधारमा नयाँ शिक्षक व्यवस्थापन प्रणाली लागू गर्ने

    Recognize teachers as the backbone of education and implement a new teacher management system based on competency, continuous professional development and clear accountability

  • आज लाखौं नेपाली विद्यार्थी उच्च शिक्षाको खोजीमा विदेश गइरहेकाछन्। नेपालको एशियामा केन्द्रीय स्थान, आकर्षक परिवेश र हावापानी, साथै अन्य देशरूसँगको शान्तिपूर्ण सम्बन्धले गर्दा नेपाल अन्तर्राष्ट्रिय उच्च शिक्षा हब बन्न उपयुक्त छ

    Leverage Nepal's central Asian location, attractive environment and peaceful relations to develop Nepal as an international higher education hub, reversing the brain drain of students going abroad

खेलकुद

Sports · 2 बुँदा

  • खेलकुदलाई केवल 'मनोरञ्जन' र 'भर्ती' बाट मुक्त गरी राष्ट्रिय एकता र आर्थिक समृद्धिको माध्यम विकास गरिनेछ। १५ वर्षदेखि अधुरा रहेका रङ्गशालाहरूलाई समयमै सम्पन्न गर्दै सातै प्रदेशमा अत्याधुनिक र 'पूर्णतः पहुँचयुक्त' खेल पूर्वाधारहरू निर्माण गर्नेछौं

    Transform sports beyond just 'recreation' and 'recruitment' into a medium for national unity and economic prosperity; complete pending stadiums and build state-of-the-art accessible sports infrastructure in all 7 provinces

  • खेलकुद प्रशासनमा राजनीतिक नियुक्ति पूर्णतः खारेज गरी 'पेशागत नेतृत्व' र पारदर्शी बजेट व्यवस्थापन लागू गर्नेछौं। साहसिक खेल र अल्ट्रा-म्याराथन जस्ता नेपालका मौलिक सम्भावनाहरूलाई 'राष्ट्रिय गौरव' का रूपमा प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने

    Completely end political appointments in sports administration; implement professional leadership and transparent budgeting; promote adventure sports and ultra-marathons as 'national pride' with private sector investment

स्वास्थ्य सेवा

Health Services · 6 बुँदा

  • देशभरि आधारभूत स्वास्थ्य क्षेत्रमा 'न्युनतम मापदण्ड' कायम गरी सेवा प्रवाह गर्ने मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिककको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्नेछौं

    Establish and enforce 'minimum standards' for basic health services nationwide; expand quality healthcare ensuring access for every citizen

  • स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिककको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्नेछौं। स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्ने

    Strengthen the health insurance program with a unified single-window system integrating all health-related social security programs

  • क्यान्सर लगायत नसर्ने रोगका सन्दर्भमा उपचारमुखी भन्दा रोकथाममुखी रणनीतिलाई मुख्य लक्ष्यका रूपमा कार्यान्वयन गर्नेछौं। विविध प्रकारका अनुदान वा नगद हस्तान्तरणलाई दीर्घकालीन समाधानको सट्टा असथायी राहतका रूपमा बुझ्दै, रोग लागेपछि उपचार गर्ने भन्दा जोखिमहरूको पहिचान, जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा जीवनशैली सुधारतर्फ उन्मुख गर्नेछौं

    Prioritize prevention over treatment for non-communicable diseases including cancer; shift from temporary subsidies to risk identification, public awareness, regular health checkups and lifestyle improvement

  • प्रत्येक प्रदेशमा कम्तीमा एक 'अत्याधुनिक अपाङ्गता पुनर्स्थापना विशिष्टिकृत स्रोत केन्द्र' स्थापना गरी अपाङ्गता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं। यी केन्द्रहरूमा 'प्रोस्थेटिक्स' सेवा, सहायक सामाग्री, फिजियोथेरापी, अकुपेसनल थेरापी, र स्पिच थेरापी जस्ता विशेषज्ञ सेवाहरू एउटै छानोमुनि उपलब्ध गराइनेछ

    Establish at least one 'specialized disability rehabilitation resource center' per province offering prosthetics, assistive devices, physiotherapy, occupational therapy and speech therapy under one roof

  • मानसिक स्वास्थ्य सेवालाई नागरिककको सहज पहुँचमा पुर्‍याउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्नेछौं र प्राथमिक स्वास्थ्य सेवा प्रवाहमा 'मानसिक प्राथमिक उपचार' सबै जिल्लामा विशेषज्ञ चिकित्सकको व्यवस्था सहित २४सै घण्टा सञ्चालन हुने राष्ट्रिय हेल्पलाइन मार्फत सेवा प्रवाह गर्ने

    Make mental health accessible by establishing a dedicated authority; integrate 'mental health first aid' into primary healthcare with specialist doctors in all districts and a 24/7 national helpline

  • जलन पीडितहरूको निशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न 'जलन उपचार कोष' को स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माणको प्रक्रिया तत्काल सुरु गर्नेछौं

    Establish a 'Burn Treatment Fund' and immediately begin building a world-class specialized burn hospital to ensure free quality treatment for burn victims

सामाजिक न्याय र श्रम

Social Justice & Labor · 5 बुँदा

  • दलित समुदायमाथि भएका जातीय विभेद, अन्याय र बहिष्करणप्रति नेपाल राज्यको तर्फबाट औपचारिक रूपमा क्षमायाचना गर्नेछौं। संरचनात्मक विभेदको अन्त्य लागि अझ ठोस कानुनी, नीतिगत र संस्थागत सुधार अघि बढाउनेछौं

    Issue a formal state apology for caste-based discrimination, injustice and exclusion against the Dalit community; advance concrete legal, policy and institutional reforms to end structural discrimination

  • श्रमलाई सस्तो स्रोत होइन, सम्मानजनक मानव पूँजीका रूपमा स्थापित गर्दै सुरक्षित, मर्यादित र न्यायपूर्ण श्रम बजार निर्माण गर्नेछौं। नेपालको श्रम बजारमा मजदूरहरूले न त उचित र समयमै ज्याला पाउने अवस्था छ, न कार्यस्थलमा सुरक्षित रूपमा काम गर्ने सुनिश्चितता

    Establish labor as dignified human capital, not a cheap resource; build a safe, respectful and just labor market ensuring fair timely wages and workplace safety

  • दलित तथा उत्पीडित समुदायका परिवार सदस्य वैदेशिक रोजगारीमा जान इच्छुक भएमा स्थानीय तहको सिफारिस वा जमानतमा बैङ्कमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछौं। वैदेशिक रोजगारीबाट सीप र अनुभव आर्जन गरी स्वदेशमै उत्पादनमूखी उद्यम सञ्चालन गर्न चाहने उद्यमीहरूलाई ब्याजमा विशेष अनुदान, प्राविधिक सहयोग तथा बजार पहुँच कार्यक्रममार्फत प्रोत्साहन गर्नेछौं

    Provide concessional bank loans with local government guarantees for Dalit and oppressed families seeking foreign employment; support returning workers in starting productive enterprises through interest subsidies, technical assistance and market access

  • सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र लक्षित बनाउन डेटाबेस निर्माण गरी, प्राथमिकता निर्धारणका आधारहरू विश्लेषण गरी सबैभन्दा बढी आवश्यकता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्दै, दोहोरो लाभ र दुरुपयोग रोक्ने उद्देश्यले सामाजिक सुरक्षा प्रणाली पुनः डिजाइन गर्नेछौं

    Redesign the social security system with a comprehensive database, needs-based prioritization and anti-duplication measures to ensure benefits reach those most in need

  • युवा र नयाँ दम्पतीहरूलाई आफ्नै घरको स्वामित्व प्रदान गर्न हामी 'प्रथम आवास प्रोत्साहन नीति' कार्यान्वयनमा ल्याउनेछौं। पहिलो पटक घर खरिद वा निर्माण गर्ने नागरिकका लागि घर कर्जाको वार्षिक साँवाब्याज भुक्तानीलाई आयकरमा कट्टी गर्न पाउने प्रावधान लागू गर्नुका साथै घरजग्गा दर्ता शुल्क (मालपोत) मा विशेष छुटको व्यवस्था गर्नेछौं

    Launch a 'First Home Incentive Policy' for young people and new couples with tax deductions on home loan payments and special concessions on property registration fees for first-time homebuyers

वातावरण र जलवायु

Environment & Climate · 5 बुँदा

  • वन क्षेत्र र त्यसबाट प्राप्त हुने उत्पादनले अर्थतन्त्रमा बृहत्तर योगदान पुर्‍याउने गरी वन व्यवस्थापन र उपयोगसम्बन्धी स्पष्ट कानून नीतिगत पुनरावलोकन गर्नेछौं। चरन र क्षेत्रको विकास, मासुजन्य पशुपक्षी पालन, आवश्यक पूर्वाधार विकास, आवास तथा घर-भवन निर्माणमा काठको व्यवस्थित उपयोग, आयात प्रतिस्थापन, उद्योगका लागि कच्चा पदार्थको आपूर्ति, जडीबुटी तथा आयुर्वेदिक औषधि उत्पादन, पर्यटन, काठ उत्पादन तथा बिकी र कार्बन व्यापारलाई प्रमुख आर्थिक गतिविधिका रूपमा लिई आर्थिक र रोजगारीमा योगदान पुर्‍याउने

    Reform forest management laws to maximize economic contribution through livestock grazing, sustainable timber use, herbal medicine production, tourism, carbon trading and import substitution

  • बस्ती क्षेत्रमा वन्यजन्तु (मुख्यतः बाँदर, हात्ती र बाघ) र स्थानीय बासिन्दाबीच बढ्दो द्वन्द्वलाई न्यूनीकरण गर्न वैज्ञानिक व्यवस्थापन, क्षतिपूर्ति प्रणाली सुदृढीकरण, पूर्वसूचना तथा रोकथाम संरचना विकास, र स्थानीय समुदायको सक्रिय सहभागितामा आधारित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौं

    Minimize human-wildlife conflict (especially monkeys, elephants and tigers) through scientific management, strengthened compensation systems, early warning structures and community-based programs

  • नागरिककको स्वच्छ हावा फेर्न पाउने अधिकारलाई सुनिश्चित गर्न र पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई अन्त्य गर्न नेपालमा वायु प्रदूषणलाई विश्व स्वास्थ्य संस्थाको मापदण्ड भित्र ल्याउन बहुपक्षीय योजना लागू गर्नेछौं

    Guarantee citizens' right to clean air by implementing a multi-stakeholder plan to bring Nepal's air pollution within WHO standards, addressing the negative impact on tourism

  • देशभरी फोहोर छुट्याउने व्यवस्था र फोहोरबाट ऊर्जा उत्पादन परियोजना सुरु गर्नेछौं। फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्दै 'चक्रीय अर्थतन्त्र' प्रवर्द्धन गर्न यस क्षेत्रमा कार्यरत निजी क्षेत्र र सहकारीहरूलाई आधुनिक मेसिनरी तथा प्रविधि खरिदमा विशेष सहुलियत दिनेछौं

    Launch nationwide waste segregation and waste-to-energy projects; promote a 'circular economy' treating waste as a resource with special subsidies for private sector and cooperatives investing in modern waste technology

  • जलवायु परिवर्तन अनुकूलन तथा लचिलोपनलाई विकास योजना, पूर्वाधार डिजाइन र बजेट प्रकृयासँग जोड्नेछौं। 'राष्ट्रिय जलवायु वित्त रणनीति' स्वीकृत गरी विश्वव्यापी जलवायु कोषहरूबाट नेपालले पाउनुपर्ने क्षतिपूर्ति र अनुदान प्राप्त गर्न उच्चस्तरीय कूटनीतिक पैरवी सुरु गर्नेछौं

    Integrate climate adaptation into development planning, infrastructure design and budgeting; adopt a 'National Climate Finance Strategy' and pursue high-level diplomatic advocacy to secure Nepal's fair share from global climate funds

राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापन

National Security & Disaster Management · 5 बुँदा

  • हामीले सबै नागरिकका लागि सुरक्षित पिउने पानी सुनिश्चित गर्नेछौं। तराईका विभिन्न जिल्लाहरूमा देखा परेको आर्सेनिककको गम्भीर जनस्वास्थ्य सङ्कटलाई राष्ट्रिय सङ्कटको रूपमा लिँदै 'आर्सेनिकमुक्त तराई अभियान' सुरु गर्नेछौं

    Ensure safe drinking water for all citizens; launch an 'Arsenic-Free Terai Campaign' treating arsenic contamination in Terai districts as a national crisis

  • नेपालमा भूकम्प, मानव निर्मित तथा जलवायु परिवर्तनले हुने विपदको उच्च जोखिममा रहेको अद्यावधिक जोखिम मूल्याङ्कनबारे स्पष्ट परिभाषण गर्दै आगामी दशकमा सम्पन्न गर्ने सार्वजनिक नीति अनुसन्धान तथा अग्नि सुरक्षा मापदण्ड लागू गर्नेछौं

    Conduct updated risk assessments for earthquakes, human-made and climate disasters; implement public safety research and fire safety standards over the next decade

  • नेपालको भौगोलिक अखण्डता अक्षुण्ण राख्न र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न शसस्त्र प्रहरी बललाई आधुनिक प्रविधि, पर्याप्त जनशक्ति र उच्च क्षमताको भौतिक पूर्वाधारसहित एक विशिष्टीकृत 'सीमा सुरक्षा बल' का रूपमा परिचालन गर्नेछौं

    Operate Armed Police Force as a specialized 'Border Security Force' with modern technology, adequate manpower and high-capacity infrastructure to maintain territorial integrity and control illegal cross-border activities

  • नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू-राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न हामी 'सन्तुलित र गतिशील कूटनीति' अवलम्बन गर्नेछौं

    Adopt 'balanced and dynamic diplomacy' to turn changing global geopolitics and the rise of neighboring powers into development opportunities while keeping sovereignty and territorial integrity paramount

  • सीमा नाकाहरू नाइट-भिजन क्यामेरा, ड्रोन निगरानी र डिजिटल इन्ट्री-एक्जिट रेकर्ड प्रणाली लागू गरी तस्करी, अवैध ओसारपसार र क्रस-बोर्डर अपराधलाई नक्साङ्कन गरी स्थानीय तहसम्म सार्वजनिक डिजाइन र प्राम्भिक चेतावनी प्रणाली विस्तार गर्ने

    Equip border posts with night-vision cameras, drone surveillance and digital entry-exit systems to map and combat smuggling, illegal trafficking and cross-border crime

परराष्ट्र नीति

Foreign Policy · 3 बुँदा

  • भारतीय रुपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्नेछौं

    Commission a review by international experts of the three-decade-old fixed exchange rate system with the Indian Rupee

  • स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्था सहित वान-स्टप सेवा केन्द्रको कार्यान्वयन गर्नेछौं। उक्त निकायले परियोजना स्थल उपलब्ध गराउने, वन तथा वातावरणसम्बन्धी स्वीकृति प्रक्रिया सहज र समयबद्ध रूपमा पूरा गराउने, तथा स्थानीय तह र सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्नेछ

    Implement a one-stop investment facilitation center handling project site allocation, environmental clearances and coordination with local and government agencies — eliminating multi-agency runaround

  • नेपाल भित्रिने पर्यटकका सँख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्दै औसत दक्षिणएसियाली लम्ब्याउन आवश्यक नीतिहरू कार्यान्वयन गर्नेछौं। ट्रेकिङ-केन्द्रित पर्यटनलाई विविधीकरण गर्न प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ 'इकोसिस्टम' स्थापनामा ध्यान दिनेछौं

    Double tourist numbers and per-capita spending within 5 years; diversify beyond trekking-centric tourism by building new ecosystems connecting nature, culture and community

पूरा घोषणापत्र PDF

राष्ट्रिय स्वतन्त्र पार्टीको मूल घोषणापत्र (20 पृष्ठ) डाउनलोड गर्नुहोस्

साझा गर्नुहोस्:

अन्य दलसँग तुलना गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र अन्य दलसँग तुलना गर्नुहोस्

अन्य दलका घोषणापत्र

नेपाली काँग्रेस

नेपाली काँग्रेस

सुशासन र समुन्नतिको VISION

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

पाँच वर्ष : एमालेले गर्छ !

नेपाल मजदुर किसान पार्टी

नेपाल मजदुर किसान पार्टी

घोषणापत्र: प्रतिनिधिसभा निर्वाचन २०८२

राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा

घोषणापत्र: प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचन २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी

संकल्प-पत्र: प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टी

प्रतिबद्धता पत्र: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

जनता समाजवादी पार्टी, नेपाल

जनता समाजवादी पार्टी, नेपाल

घोषणा-पत्र: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

उज्यालो नेपाल पार्टी

उज्यालो नेपाल पार्टी

निर्वाचन प्रतिबद्धता-पत्र (सारांश)

प्रगतिशील लोकतान्त्रिक पार्टी

प्रगतिशील लोकतान्त्रिक पार्टी

प्रतिबद्धतापत्र — २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू हेर्नुहोस्