जनता समाजवादी पार्टी, नेपाल

जनता समाजवादी पार्टी, नेपाल

Janata Samajwadi Party, Nepal

घोषणा-पत्र: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

13 विषय60 मुख्य बुँदा20 पृष्ठ

सारांश

"सङ्घर्षसँगै समृद्धितर्फ" भन्ने मूल नाराका साथ प्रस्तुत यो घोषणा-पत्रले समावेशी लोकतन्त्र, सामाजिक न्याय, संविधान पुनर्लेखन, निःशुल्क स्वास्थ्य र शिक्षा, भ्रष्टाचार नियन्त्रण, कृषि आधुनिकीकरण, वैदेशिक रोजगारीमा सुधार, जलवायु न्याय, पूर्वाधार विकास र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ। नेपाली समाजको बहुलता र विभेदबाट मुक्तिको दृष्टिकोणबाट समावेशी र सामाजिक लोकतन्त्रको स्थापना यसको केन्द्रमा छ।

With the slogan "Towards prosperity through struggle," this 20-page manifesto prioritizes inclusive democracy, social justice, constitutional rewriting, free healthcare and education, anti-corruption, agricultural modernization, foreign employment reform, climate justice, infrastructure development, and production-oriented economy. Establishing inclusive and social democracy from the perspective of Nepal's plurality and liberation from discrimination is at its core.

मुख्य नीति तथा प्रतिबद्धताहरू

१. संविधान संशोधन र सुशासन

1. Constitutional Reform & Good Governance · 5 बुँदा

  • सामर्थ्यका आधारमा राज्य पुनर्संरचना गर्ने आफैँले घोषणा-पत्र जारी गरेका तथा पहिलो संविधानसभाले पारित गरेका महत्वपूर्ण प्रावधानहरूलाई उन्नयन गर्ने

    Restructure the state based on capability and upgrade key provisions from the first Constituent Assembly

  • राष्ट्रिय पहिचानका आधारमा संघीयता र प्रादेशिक संरचनालाई बलियो बनाउन संविधान पुनर्लेखन गर्ने

    Rewrite the constitution to strengthen federalism and provincial structure based on national identity

  • भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने र भ्रष्टाचार नियन्त्रणलाई अझ प्रभावकारी बनाउने

    Adopt zero tolerance policy on corruption and make anti-corruption measures more effective

  • सरकारका हरेक निर्णयलाई नीतिगत निर्णयको रूपमा गरी नीतिगत निर्णयमा पारदर्शी नीति अपनाउने

    Make all government decisions policy-based and adopt transparent decision-making processes

  • राज्यको हरेक तहको निर्णय प्रक्रियामा पारदर्शी नीति अपनाई डिजिटल राज्य निर्माण गर्ने

    Adopt transparency at every level of state decision-making and build a digital state

२. राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध

2. National Security & International Relations · 3 बुँदा

  • नेपालको राष्ट्रिय सुरक्षा, अखण्डता, स्वाधीनता, स्वतन्त्रता, सार्वभौमसत्ताको जोगाउने

    Protect Nepal's national security, integrity, independence, freedom, and sovereignty

  • राष्ट्रिय हितलाई सर्वोपरि राखी सबै मित्रराष्ट्रहरूसँग सु-सम्बन्ध कायम गर्ने

    Maintain good relations with all friendly nations keeping national interest paramount

  • आर्थिक विकासको रूपान्तरण वा बहुपक्षीय सम्बन्ध विस्तारमा अघि बढ्ने

    Advance in economic transformation and expansion of multilateral relations

३. स्वास्थ्य

3. Health · 5 बुँदा

  • नेपाल स्वास्थ्यलाई उच्च प्राथमिकतासारे सार्वजनिक सेवा मानी दीर्घकालीन योजनाबाट प्रेरित भई समयसीमासहितको स्वास्थ्य नीतिमा सुधार लागू गर्ने

    Treat healthcare as high-priority public service and implement time-bound health policy reforms through long-term planning

  • सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ

    Free healthcare services will be provided to all citizens

  • हरेक प्रदेशमा कम्तिमा एउटा अत्याधुनिक बहुविशिष्टकृत सेवाप्रदायक अस्पताल (Super-Speciality Hospital) र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना

    Establish at least one Super-Speciality Hospital and one health science institution in each province

  • स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र आम नागरिकको पहुँचमा ल्याउने

    Make health insurance programs accessible to ordinary citizens

  • सबैका लागि उत्कृष्ट र सुविधाजनक अस्पताल सेवा सुनिश्चित गर्न एकरूपता गुणस्तर मापदण्ड लागू गरिनेछ

    Implement uniform quality standards to ensure excellent hospital services for all

४. शिक्षा

4. Education · 5 बुँदा

  • शिक्षाको व्यापारीकरणलाई रोक्दै नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्ने

    Stop commercialization of education and establish it as a fundamental right of citizens

  • शिक्षाको पूर्ण सार्वजनिकीकरण गर्दै स्कूल, कलेज र विश्वविद्यालयहरू सार्वजनिक प्रणालीअन्तर्गत सञ्चालन गरिनेछ

    Fully publicize education by operating schools, colleges and universities under public system

  • शिशुकक्षादेखि उच्च तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिनेछ

    Ensure free education from pre-primary to higher levels

  • प्रत्येक प्रदेशमा कृत्रिम बौद्धिकता (AI) आधारित आधुनिक प्रविधियुक्त अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना

    Establish AI-based modern study and research centers in each province

  • पूर्वाधार, पाठ्यक्रम, शिक्षक, सिकाइ प्रकृया र मूल्याङ्कनमा एकरूपता तथा समान गुणस्तर मापदण्ड लागू

    Implement uniform quality standards in infrastructure, curriculum, teachers, learning methods and evaluation

५. न्याय तथा कानुनी व्यवस्था

5. Justice & Legal System · 5 बुँदा

  • कानुनी सेवालाई राज्यको प्रत्यक्ष दायित्वका रूपमा स्थापित गर्दै निःशुल्क, छिटोछरितो र पहुँचयोग्य न्याय प्रणाली निर्माण

    Establish legal services as direct state responsibility with free, swift and accessible justice system

  • सबै नागरिकका लागि निःशुल्क कानुनी सहायताको व्यवस्था गरिनेछ

    Free legal aid will be provided for all citizens

  • सरल प्रक्रिया र स्पष्ट समयसीमासहित छिटोछरितो तथा पहुँचयोग्य न्याय प्रणाली कार्यान्वयन

    Implement swift and accessible justice system with simple procedures and clear timelines

  • संघीय शासन प्रणालीअनुसार प्रहरी ऐन संशोधन गरी व्यवसायिक जनमैत्री, उत्तरदायी र अधिकार सम्पन्न सुरक्षा व्यवस्था स्थापित

    Amend police act per federal system for professional, people-friendly, accountable security establishment

  • संघीय निजामती ऐन ६ महिनाभित्र पारित गराउन प्रयास गरिनेछ

    Effort to pass Federal Civil Service Act within 6 months

६. वित्तीय क्षेत्र र भ्रष्टाचार नियन्त्रण

6. Financial Sector & Anti-Corruption · 5 बुँदा

  • नेपाल शतप्रतिशत नगदरहित अर्थतन्त्रमार्फत् पारदर्शिता र शून्य भ्रष्टाचारतर्फ उन्मुख वित्तीय प्रणाली निर्माण

    Build financial system oriented towards transparency and zero corruption through 100% cashless economy

  • नगदरहित कारोबारलाई देशको रूपमा रूपान्तरित गर्दै लगिनेछ

    Transform the country towards cashless transactions

  • सहकारीद्वारा अपचलित रकम फिर्ता गराउँदै सहकारी पीडितलाई न्याय दिलाइनेछ

    Return misappropriated cooperative funds and deliver justice to cooperative fraud victims

  • २०४७ सालदेखि हालसम्म भएका निर्वाचित जनप्रतिनिधिहरू, प्रधानमन्त्रीलगायत मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानविन गरिनेछ

    Investigate assets of all elected representatives, PMs, ministers and high officials since 2047 BS

  • प्रविधि, नीति र संस्थागत सुधारमार्फत् राज्यले प्रवाह गर्ने सबै सेवालाई डिजिटल, ट्र्याकिङ, छिटोछरितो र जवाफदेही बनाउने

    Digitize all state services with tracking, speed and accountability through technology and institutional reform

७. वैदेशिक रोजगारी

7. Foreign Employment · 5 बुँदा

  • वैदेशिक रोजगारी प्रवर्द्धन गर्नु राज्यको मूल दायित्व हो भन्ने जसपाको मान्यता रहँदै आएको छ

    JSP believes promoting foreign employment is a fundamental responsibility of the state

  • वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षित रोजगारीको व्यवस्था गरिनुपर्छ

    Ensure safe employment arrangements for workers going abroad

  • वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि निःशुल्क (फ्रि भिसा र फ्रि टिकट) रोजगारी प्रदान गर्ने नीति लागू

    Implement free visa and free ticket policy for workers going for foreign employment

  • वैदेशिक रोजगारीमा गएका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिने छ

    Guarantee the security of citizens in foreign employment

  • प्राप्त रेमिट्यान्स रकम मध्येबाट महत्वपूर्ण अंश श्रमिकको विकास तथा संरक्षणमा खर्च गरिनुपर्छ

    A significant portion of remittance must be spent on workers' development and protection

८. जलवायु परिवर्तन र वातावरणीय न्याय

8. Climate Change & Environmental Justice · 5 बुँदा

  • सम्पूर्ण नागरिक एवं जीवजन्तुहरूका लागि आवश्यक स्वस्थ्य वातावरण प्रदान गर्दै नेपाल हरित विकासलाई राष्ट्रिय प्राथमिकता बनाउनेछ

    Provide healthy environment for all citizens and living beings, making green development a national priority

  • वन संरक्षण र सम्बर्द्धन कार्यक्रमहरू विस्तार गरिनेछ

    Forest conservation and promotion programs will be expanded

  • नवीकरणीय ऊर्जाको प्रयोग बढाइनेछ

    Use of renewable energy will be increased

  • चुरे क्षेत्र नेपालको जलस्रोत, जैविक विविधता र कृषि प्रणालीका लागि अत्यन्त महत्वपूर्ण — दीर्घकालीन रणनीति अवलम्बन

    Chure region is vital for Nepal's water resources, biodiversity and agriculture — adopt long-term conservation strategy

  • नदी उकास तथा कटान नियन्त्रण कार्यक्रम विस्तार गरिनेछ

    River erosion and cutting control programs will be expanded

९. कृषि आधुनिकीकरण र सशक्त कृषि व्यवस्था

9. Agricultural Modernization & Strong Farming System · 5 बुँदा

  • वैज्ञानिक चक्लाबन्दी कार्यक्रम लागू गरिनेछ

    Scientific land consolidation program will be implemented

  • सहकारीमा आधारित सामूहिक खेती विस्तार गरिनेछ

    Cooperative-based collective farming will be expanded

  • यान्त्रीकरण र सिँचाइ प्रणालीलाई तीव्र रूपमा विस्तार गरिनेछ

    Mechanization and irrigation systems will be rapidly expanded

  • किसानलाई सस्तो, सुलभ ब्याजदर र व्यावहारिक प्रणालीमा कृषि ऋण व्याजदरमा कृषि ऋण उपलब्ध गराइनेछ

    Agricultural loans will be provided to farmers at affordable interest rates with practical procedures

  • भर्टिकल फार्मिङ (Vertical Farming) प्रवर्द्धनमार्फत् आगामी ५ वर्षभित्र पचासलाख रोजगारी सिर्जना गरिनेछ

    Create 50 lakh jobs within 5 years through Vertical Farming promotion

१०. राष्ट्रिय पूर्वाधार र औद्योगिकीकरण

10. National Infrastructure & Industrialization · 5 बुँदा

  • हुलाकी राजमार्ग परियोजना आगामी ५ वर्षभित्र सम्पन्न गरिनेछ

    Hulaki Highway project will be completed within 5 years

  • पूर्व-पश्चिम रेलमार्ग निर्माणलाई उच्च प्राथमिकता दिइनेछ

    East-West Railway construction will be given highest priority

  • काठमाण्डौ-निजगढ द्रुतमार्गलाई आगामी २ वर्षभित्र संचालनमा ल्याइनेछ

    Kathmandu-Nijgadh Expressway will be operational within 2 years

  • प्रादेशिक औद्योगिक क्लस्टर (Provincial Industrial Cluster) विकास गरिनेछ

    Provincial Industrial Clusters will be developed

  • विशेष आर्थिक क्षेत्र (Special Economic Zone) स्थापना तथा विस्तार गरिनेछ

    Special Economic Zones will be established and expanded

११. दिगो विकास लक्ष्य (SDGs) प्रति प्रतिबद्धता

11. Commitment to Sustainable Development Goals (SDGs) · 5 बुँदा

  • गरिबीको रेखामुनि रहेका जनसङ्ख्यालाई आगामी ५ वर्षभित्र १० प्रतिशतमा ल्याइनेछ

    Reduce population below poverty line to 10% within 5 years

  • शिक्षा र स्वास्थ्य क्षेत्रमा सार्वजनिक लगानी बढाइनेछ

    Public investment in education and health sectors will be increased

  • साक्षरता दरलाई आगामी ५ वर्षभित्र ९० प्रतिशत पुर्‍याइनेछ

    Literacy rate will be raised to 90% within 5 years

  • लैङ्गिक असमानता हटाउन कार्यक्रमहरू सञ्चालन गरिनेछ

    Programs to eliminate gender inequality will be implemented

  • सम्पूर्ण नागरिकलाई खानेपानीको व्यवस्था सुनिश्चित गरिनेछ

    Drinking water supply for all citizens will be ensured

१२. युवा सशक्तीकरण

12. Youth Empowerment · 3 बुँदा

  • युवाको लागि शिक्षा, रोजगारी र प्रविधिमा पहुँचका साथै देशको विकास र प्रगतिमा युवाको सक्रिय भूमिका सुनिश्चित

    Ensure youth's active role in national development with access to education, employment and technology

  • युवापुस्तालाई लोकतान्त्रिक, समावेशी र उत्पादनमुखी राष्ट्रिय पुनर्निर्माणतर्फ सदुपयोग गर्ने

    Channel youth towards democratic, inclusive and production-oriented national reconstruction

  • भ्रष्टाचार अस्वीकार गर्ने र राज्यबाट स्पष्ट उत्तरदायित्वको अपेक्षा गर्ने युवा चेतना जगाउने

    Awaken youth consciousness to reject corruption and demand clear state accountability

१३. वैज्ञानिक भू-उपयोग र भूमिसुधार

13. Scientific Land Use & Land Reform · 4 बुँदा

  • वैज्ञानिक नक्साङ्कनका आधारमा कृषियोग्य, आवासीय, औद्योगिक, वन तथा जोखिमयुक्त क्षेत्र स्पष्ट रूपमा वर्गीकरण

    Clearly classify agricultural, residential, industrial, forest and risk zones through scientific mapping

  • अव्यवहारिक भूमि विधेयक खारेज गरी नयाँ वैज्ञानिक भूउपयोग कानुन तर्जुमा

    Repeal impractical land bills and draft new scientific land use law

  • उर्वर कृषि जमिन संरक्षण गर्दै अनावश्यक प्लटिङ र अतिक्रमणमा कडा नियन्त्रण

    Protect fertile farmland with strict controls on unnecessary plotting and encroachment

  • डिजिटल भू-अभिलेख र पारदर्शी जग्गा प्रशासन प्रणाली विस्तार गरिनेछ

    Digital land records and transparent land administration system will be expanded

पूरा घोषणापत्र PDF

जनता समाजवादी पार्टी, नेपालको मूल घोषणापत्र (20 पृष्ठ) डाउनलोड गर्नुहोस्

साझा गर्नुहोस्:

अन्य दलसँग तुलना गर्नुहोस्

जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र अन्य दलसँग तुलना गर्नुहोस्

अन्य दलका घोषणापत्र

नेपाली काँग्रेस

नेपाली काँग्रेस

सुशासन र समुन्नतिको VISION

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

पाँच वर्ष : एमालेले गर्छ !

नेपाल मजदुर किसान पार्टी

नेपाल मजदुर किसान पार्टी

घोषणापत्र: प्रतिनिधिसभा निर्वाचन २०८२

राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा

घोषणापत्र: प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचन २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी

संकल्प-पत्र: प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी

वाचा पत्र २०८२: थिति बसाल्ने सङ्कल्प

नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टी

प्रतिबद्धता पत्र: प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

उज्यालो नेपाल पार्टी

उज्यालो नेपाल पार्टी

निर्वाचन प्रतिबद्धता-पत्र (सारांश)

प्रगतिशील लोकतान्त्रिक पार्टी

प्रगतिशील लोकतान्त्रिक पार्टी

प्रतिबद्धतापत्र — २०८२

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवारहरू हेर्नुहोस्